ad ad

कारोबार


सोमबार पनि घट्यो सेयरबजार, लघुवित्तका सेयरधनीले धेरै गुमाए

सोमबार पनि घट्यो सेयरबजार, लघुवित्तका सेयरधनीले धेरै गुमाए

नेपालखबर
फागुन २९, २०७९ सोमबार १५:१२, काठमाडौँ

सेयरबजार साताको दोस्रो कारोबार दिन पनि घटेको छ। 

परिसूचक नेप्से २४.६८ अंकले घट्दा १९५१.२१ विन्दुमा झरेको छ। योसँगै आज २५६ कम्पनीको ३३ लाख कित्ता सेयर बिक्री भएका छन्। 

नेपाल स्टक एक्सचेन्जका अनुसार २६ हजार ८ सय ५० पटक भएको खरिदबिक्रीपछि १ अर्ब १६ करोडको कारोबार भएको हो। 

धेरै गुमाउने लघुवित्तका सेयरधनी 
आज लघुवित्तका सेयरधनीले धेरै गुमाएका छन्। यसमा खप्तड लघुवित्त, आदर्श लघुवित्त, हिमालयन बैंक, नाडेप लघुवित्त र वीन नेपाल लघुवित्तका सेयरधनीले धेरै दरमा गुमाएका हुन्। 

कमाइमा भने आज पनि शुभम् पावरका सेयरधनीले ९.९८ प्रतिशत गरे पनि अन्य लगानीकर्ताले न्यून दरमा आर्जन गरेका छन्। आज १८७ कम्पनीका सेयरधनीले गुमाउँदा २४ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ५ वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ। 

सर्वाधिक कारोबार भने एनआईसी एसियाको भएको छ। उसको ६ करोड २४ लाखको सेयर कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .