कारोबार


सेयरबजारका ‘हटकेक’ लघुवित्तहरु : औसत ९७२ रुपैयाँमा झर्‍यो सेयर मूल्य

आधा दर्जनको सेयर ५०० रुपैयाँमा, सात लघुवित्तको १५०० माथि
सेयरबजारका ‘हटकेक’ लघुवित्तहरु : औसत ९७२ रुपैयाँमा झर्‍यो सेयर मूल्य

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १३:४५, काठमाडौँ

सेयर बजारमा ‘हटकेक’ मानिने लघुवित्त कम्पनीहरूको सेयर मूल्य निकै सस्तिएको छ। 

पछिल्लो समय सेयर बजारमा आएको गिरावट, नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा लगाएको अंकुशलगायतका कारण लघुवित्तको सेयरमूल्य निकै सस्तिन पुगेको हो। 

सेयरबजारमा उच्च सेयरमूल्य भएका महिला लघुवित्त, जीवन विकास लघुवित्त, उपकार लघुवित्तको सेयरमूल्य झन्डै आधा नै भएको हो। 

साथै, लघुवित्त संस्थाको लाभांशपछि सेयर मूल्य समायोजन हुँदा लघुवित्तहरूको सेयर मूल्यमा भारी गिरावट आएको हो। 

अन्य क्षेत्रका कम्पनीको भन्दा थोरै चुक्ता पुँजी र लाभांश धेरै बाँड्ने भएकाले लघुवित्तहरूको सेयर महँगो हुने गर्छ। त्यसैले सबैको रोजाइमा पनि लघुवित्त वित्तीय संस्थाहरु थिए। 

तर, पछिल्लो समय लघुवित्तको सेयर डिमान्ड घटेको देखिन्छ र मूल्य निकै सस्तिएको पनि छ। 

नेपाल स्टक एक्सचेञ्ज ३२ सय विन्दुमा पुग्दा लघुवित्त संस्थाको औसत मूल्य २ हजारमाथि नै थियो। २०७९ फागुन २६ गते आइपुग्दा लघुवित्तको औसत मूल्य ९७२ रुपैयाँ सीमित भएको छ। 

आधा दर्जन कम्पनीको सेयर ५०० रुपैयाँमा 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, एनएमबि लघुवित्त, ग्रामीण विकास लघुवित्त, नाडेप लघुवित्त र एनआईसी एसिया लघुवित्तको सेयरमूल्य ५०० रुपैयाँ हाराहारीमा झरेको छ। 

एनआईसी एसिया लघुवित्तको प्रतिकित्ता सेयरमूल्य ५८९.९० रुपैयाँ, नाडेप लघुवित्तको ५८९.८० रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ५०८ रुपैयाँ, एनएमबि लघुवित्तको ५९२ रुपैयाँ, आरएसडीसीको ५२५ रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त सेयरमूल्य ५७९ रुपैयाँमा झरेको छ। 

१००० कम मूल्य भएका लघुवित्त  
नेप्सेमा सूचीकृत २७ लघुवित्त कम्पनीको सेयरमूल्य १ हजार तल पाइन्छ। सूर्योदय वोमीको ७१४ रुपैयाँ, विन नेपाल लघुवित्तको ८७७ रुपैयाँ, नयाँ सारथिको ७३६ रुपैयाँ, आरम्भ चौतारीको ७३६ रुपैयाँ, अभियान लघुवित्तको ६५२ रुपैयाँ, धौलागिरिको ९३० रुपैयाँ, किसान लघुवित्तको ७१० रुपैयाँ, उन्नति सहकार्य लघुवित्तको ७७५ रुपैयाँ, आँधिखोला लघुवित्तको ९५८ रुपैयाँ, राष्ट्र उत्थानको ७०२ रुपैयाँ, मानुषि लघुवित्तको ८१७ रुपैयाँ, मनकामना लघुवित्तको ७६७ रुपैयाँ, साधना लघुवित्तको ६९० रुपैयाँ, सबैको लघुवित्तको ६८५ रुपैयाँ, गुराँस लघुवित्तको ७२१ रुपैयाँ प्रतिकित्ता सेयरमूल्य छ। 

साथै, इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६८१ रुपैयाँ, आशा लघुवित्तको ८६० रुपैयाँ, सामुदायिक लघुवित्तको ९३८ रुपैयाँ, महुली लघुवित्तको ९५० रुपैयाँ, समता घरेलु लघुवित्तको ७५० रुपैयाँ, निर्धन उत्थान लघुवित्तको सेयरमूल्य ६४८ रुपैयाँ, छिमेक लघुवित्तको ८५९ रुपैयाँ, डिप्रोक्सको ७२९ रुपैयाँ, स्वालम्बलन लघुवित्तको सेयरमूल्य ८३९ रुपैयाँ छ। 

यता नाडेप लघुवित्तको ६४८ रुपैयाँ, मिर्मिरे लघुवित्तको ६५० रुपैयाँ, समिट लघुवित्तको ९९९ रुपैयाँ, आरएमडीसीको ९३५ रुपैयाँ, स्वरोजगार लघुवित्तको ८१४ रुपैयाँ, कालिक लघुवित्त ८१० रुपैयाँ, मिथिला लघुवित्तका ८२५ रुपैयाँ, लक्ष्मी लघुवित्तको ७९२ रुपैयाँ, सिभिल लघुवित्तको ६५२ रुपैयाँ, विजय लघुवित्तको ७८६ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको प्रतिकित्ता सेयरमूल्य ७६० रुपैयाँ छ। 

१५ सय कम सेयरमूल्य भएका कम्पनी 
फरवार्ड माइक्रोफाइनास लघुवित्तको सेयरमूल्य १३९६ रुपैयाँ, जनउत्थान लघुवित्तको १२३७ रुपैयाँ, साना किसान लघुवित्तको ११९ रुपैयाँ, स्वाभिमान लघुवित्तको १२९५ रुपैयाँ, सीवाईसी नेपाल लघुव्त्तिको सेयरमूल्य १३६५ रुपैयाँ र युनिक नेपाल लघुवित्तको प्रतिकित्ता सेयरमूल्य १११३ रुपैयाँ रुपैयाँ रहेको छ। 

सात लघुवित्त​को सेयरमूल्य १५०० माथि  
सात लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १५ सय माथि छ।

महिला लघुवित्त, आदर्श लघुवित्त, सृजनशील लघुवित्त, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र जाल्पा सामुदायीक लघुवित्त प्रतिकित्ता सेयरमूल्य १५ सय रुपैयाँ देखि २५ सय तल आएको छ। 

महिला लघुवित्त २१८६ रुपैयाँ, आर्दश लघुवित्तको १५३० रुपैयाँ, जीवन विकास लघुवित्तको १९९३ रुपैयाँ, सृजनशील लघुवित्तको सेयरमूल्य १५१५ रुपैयाँ, उपकार लघुवित्तको १७१६ रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २५०४ रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको २५५३ रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad