कारोबार


सर्लाहीको महालक्ष्मी चिनी उद्योगद्वारा  ११ लाख क्वीटल उखु क्रसिङ

सर्लाहीको महालक्ष्मी चिनी उद्योगद्वारा  ११ लाख क्वीटल उखु क्रसिङ

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ६:३०, सर्लाही

११ लाख क्वीन्टल उखु क्रसिङ गरेपछि सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह बन्द भएको छ। 

गएको पुस पहिलो साताबाट सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योगले अढाई महिनाको अवधिमा १० लाख ९५ हजार तीन सय क्विन्टल उखु क्रसिङ गरेको उद्योग प्रशासनले जनाएको छ। 

भारतीय सीमा क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योगमा सर्लाहीको दक्षिणी भेग र सीमापारी भारतका किसानले समेत उखु बिक्री गर्दै आएका छन्।

महालक्ष्मी उद्योगले बिगतका वर्ष क्रसिङ गरेको उखुको अझै भुक्तानी नदिएको भन्दै आलोचना हुँदै आएको छ।

यस वर्ष भने महालक्ष्मीले किसानलाई क्रमिकरुपमा भुक्तानी गरिरहेको दावी गरेको छ। 


सर्लाहीकै धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग भने २० दिनअघि नै बन्द भइसकेको छ। अन्नपूर्ण चिनी उद्योगले पनि किसानलाई समयमै भुक्तानी गर्ने गरेको छैन। 

सर्लाहीमा सञ्चालित तीनवटा चिनी उद्योगमध्ये हरिवनमा अवस्थित इन्दु चिनी उद्योग हरिवनले मात्रै किसानलाई नियमपूर्वक समयमै भुक्तानी दिँदै आएको छ। 

अहिलेसम्म २८ लाख क्विन्टल उखु क्रसिङ गरेको इन्दु शंकरले अहिलेसम्म ६० लाख रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको छ। इन्दु शंकर अझै दुई सातासम्म सञ्चालन हुने उद्योग प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad