ad ad

कारोबार


साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार शंकास्पद

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार शंकास्पद

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १८:३५, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनीको कारोबार शंकास्पद देखिएको भन्दै एक लगानीकर्ताले उजुरी दिएका छन्। 

कम्पनीको कारोबार शंकास्पद देखिएकाले कारोबारको विवरण जाँच गरी उचित कामकारबाही गर्न र तत्काल कारोबार रोकिदिन भन्दै उजुरी दिएका हुन्।  

ती लगानीकर्ताले कम्पनीको राफसाफ हुन बाँकी सेयरहरु तत्कालको लागि राफसाफ रोक्का राखी दिन समेत भनेका छन्। 

कम्पनीका सञ्चालकहरु वा निजका पारिवारिक सदस्यहरुको कारोबारहरु शंकास्पद देखिएको उजुरीमा उल्लेख छ। 

नेप्सेमा सूचीकृत कम्पनीको व्यवस्थापनमा रहेका कुनै पनि व्यक्तिले पदमा रहँदा वा पद त्यागेको १ वर्षसम्म संग्लन कम्पनीको सेयर आफ्नो वा परिवारको कुनै सदस्यको नाममा खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। 

यसअघि गुरु प्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले आफू संस्थामा रहेको बेला परिवारका सदस्यका नामबाट सेयर कारोबार गरेको भेटिएपछि धितोपत्र बोर्डले कारबाही गरेको थियो। 

बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनी संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ।

न्यौपानेले रिडी पावरको अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .