कारोबार


४ संस्थालाई लगानी कोषले दियो ७ लाख ५० हजार

४ संस्थालाई लगानी कोषले दियो ७ लाख ५० हजार

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १६:५२, काठमाडौँ

नागरिक लगानी कोषले ३३औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ। 

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको जनाएको छ।  

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरुको पुनर्स्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वास्थ्यशिविर सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन–नेपाल, शंखरापुर काठमाडौँलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कोषको भनाइ छ। 

त्यसैगरी कोषले उपत्यकाबाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्वन्धी कार्यको लागि २ लाख रुपैँयाको चेक प्रदान गरेको छ। 

योभन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो। 

चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .