ad ad

कारोबार


नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेल र अग्रवाललाई बर्खास्त गर्न निर्देशन

नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेल र अग्रवाललाई बर्खास्त गर्न निर्देशन

नेपालखबर
फागुन १५, २०७९ सोमबार १६:४०, काठमाडौँ

नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई बर्खास्त गर्न निर्देशन दिएको छ।

प्राधिकरणले मर्जरमा जाने शर्त नमानेपछि अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई बर्खास्त गर्न निर्देशन दिएको हो।

प्राधिकरणले मर्जरमा जाने शर्तमा अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई पुनः नियुक्ति गर्न अनुमति दिएको थियो ।

तर कम्पनी पूर्वशर्तअनुसार मर्जर प्रक्रियामा नगएपछि अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई बर्खास्त गर्न कम्पनीको सञ्चालक समितिलाई निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .