कारोबार


नयाँ स्टक र ब्रोकर लाइसेन्सको मुद्दामा सुनुवाइ सकियो

नयाँ स्टक र ब्रोकर लाइसेन्सको मुद्दामा सुनुवाइ सकियो

नेपालखबर
फागुन १५, २०७९ सोमबार १५:१३, काठमाडौँ

नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सकिएको छ।  

आज न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ भएको हो। सुनुवाइ सकिए पनि आदेश भने आइसकेको छैन ।  

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले  नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि सबै प्रक्रिया अहिले स्थागित भएको छ । 

बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो। 

तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad