ad ad

कारोबार


सिंहदरबारभित्रकै क्यान्टिनमा दुर्गन्धित खाद्य वस्तु फेला

सिंहदरबारभित्रकै क्यान्टिनमा दुर्गन्धित खाद्य वस्तु फेला

नेपालखबर
फागुन १५, २०७९ सोमबार ११:५२, काठमाडौँ

सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले   आइतबार आकस्मिक अनुगमन गरेको छ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा खान अयोग्य वस्तु फेला परेको हो।

अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलवा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरिएको छ।

साथै, उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .