कारोबार


१ महिना नहुँदै सहसचिव टोकराज पाण्डेको सरुवा

१ महिना नहुँदै सहसचिव टोकराज पाण्डेको सरुवा

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १९:३०, काठमाडौँ

१ महिना नहुँदै सहसचिव टोकराज पाण्डेको सरुवा भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माघ १६ गते सत्य निरुपण तथा मेलमिलाप आयोग पुगेका उनको फेरि सरुवा भएको हो। 

मन्त्रालय अन्तगर्तको यातायात व्यवस्था विभागका महानिर्देशक रहेका थिए। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले पाण्डेलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ। 

यातायात व्यवस्था विभागमा टोकराज पाण्डेको ठाउँमा पुगेका तुलसीनाथ गौतमको पनि सरुवा भएको छ। उनको पनि १ महिना नहुँदै सरुवा भएको छ। गौतमको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शरुवा भएको छ। 

मन्त्रिपरिषद्ले पाण्डे र गौतमसहित ६१ सह सचिवको सरुवा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .