ad ad

समाज


कवि तथा पत्रकार संगीत स्रोता पक्राउ

कवि तथा पत्रकार संगीत स्रोता पक्राउ

नेपालखबर
असार ११, २०७६ बुधबार १२:६,

 कवि तथा पत्रकार संगीत स्रोतालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

पत्रकार दीपक सापकोटाले ‘मास्क’ लगाएका आएका पोशाकधारी प्रहरीले पक्राउ गरेको बताए।

ठूलो संख्यामा आएका प्रहरीले संगीतलाई घेरा हालेर पक्राउ गरे’, नेपालखबरसँग सापकोटाले भने, ‘मैले किन समातेको भन्दा यो तपाईंसँग सम्बन्धित विषय होइन भनेर मलाई घचेड्दै महेन्द्र पुलिस क्लबभित्र लगे।’
यता प्रहरीले भने संगीतलाई पक्राउ नगरेको जनाएको छ।

 त्यस्तै प्रहरीले अर्का कवि रसुवाली कविलाई पनि गिरफ्तारी गरेको छ।

रसुवाली कवि केही समय अगाडि पक्राउ परेर स्रष्टाहरुको दबाबपछि रिहा भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .