नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तबाट ऋण लिएका वास्तविक ऋणीको समस्यालाई समाधान गरिने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘संकटमा लघुवित्त कारण र सामाधान’मा लघुवित्तका ऋणी एवम विभिन्न सरोकारवालाहरुसँगको राउण्डटेबल कार्यक्रमा निर्देशक नेपालले सो कुरा बताएका हुन्।
मिटरब्याजीका सोधखोर वा साहु माहाजनको कनेक्सन कारण समस्यामा भएका लघुवित्तका ऋणीले भने ऋण मिनाहा हुन्छ भनेर गलत हुने कार्यकारी निर्देशक नेपालले बताए ।
तर, धेरै भड्किएर अरुको उक्साहटमा लघुवित्तबाट लिएको ऋण मिनाहा हुन्छ भन्ने सोच्नु गलत हुने नेपालको भनाइ छ।
‘त्यसपछि वास्तविक ऋणीलाई ‘लोन लस प्रोभिजन’ र संस्थागत सामाजिक उत्तरदायित्व ‘सिएसआर’ मिलाएर समस्यालाई समाधान गर्न सक्छौँ’, उनले भने,
‘धेरै भड्किएर, अरुको अक्साहटमा लागेर कुनै ऋणीले लघुवित्तबाट लिएको ऋण मिनाहा हुन्छ भनेर सोचिरहेको छ भने त्यो गलत हो।’
उनले वास्तविक समस्यामा परेका ऋणीको वर्गीकरण गरेर सहयोग गर्ने बताए।
लघुवित्तका वास्तविक समस्यामा परेका ऋणीलाई केस्रा केस्रा पारेर सम्बन्धित संस्थाले एक महिनाभित्र शाखा पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको उनको भनाइ छ।
उनले लघुवित्तका कर्मचारीहरुले ऋणीसँग सम्मानजनक र व्यावसायिक व्यवहार गर्नुपर्ने बताए।
जुनसुकै बेला पनि कर्जा असुलीमा समेत कर्मचारीलाई नपठाउन लघुवित्तलाई अनुरोध गरे।
‘लघुवित्तका धेरै उपलब्धि छन्। अहिले सानो समस्याले गर्दा लघुवित्तका राम्रा काम ओझेलमा पर्नु हुँदैन’, उनले भने, ‘समस्या आउछ त्यसलाई बसेर छलफल गरेर समस्याको समाधान खोज्नुपर्छ।’
लघुवित्तले ३०औं वर्षदेखि दिएको योगदान नजर अन्दाज गरेर एकै पटक लघुवित्त बन्द हुने कुरा नहुने बताए।
साथै लघुवित्तमा केही सेयरका खेलाडी आएर यस क्षेत्रलाई बिगार्न खोजेको बताए।
उनले कुनै लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी दिन आग्रह गरे।
‘यदि कसैले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भेटाए कारबाही समेत गर्छौँ, कुनै सहकारीले कर्जाबापत साढे १ प्रतिशत बढी सेवा शुल्क लिन नपाउने व्यवस्था छ’, उनले भने।
Shares

प्रतिक्रिया