नेपाल रत्न तथा आभूषण संघले तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो २०२० आयोजना गर्ने भएको छ। पुस २५ देखि २७ सम्म चल्ने मेला होटल सोल्टी क्राउन प्लाजा काठमाडौंमा हुने भएको हो।
संघले यसअघि सन् २०११ र २०१४ मा क्रमश: पहिलो र दोस्रो जेम एण्ड ज्वेलरी एक्स्पो सञ्चालन गरेको थियो।
‘नेपाली गहना विश्वमा’ नारा सहित हुने एक्स्पोमा उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले जानकारी दिइन्। उनले नेपालका प्रमुख तथा प्रतिष्ठित ४० वटा ज्वेलर्स कम्पनीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरु प्रदर्शन गर्ने जानकारी दिइन्।
एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले विश्वार गरेको छ। एक्स्पोको विशेष आकर्षणको रुपमा उद्घाटनको अघिल्लो दिन पुस २५ गते नेपाली मौलिक गहनाहरुको ‘फेसन शो’ आयोजना गरेको छ । फेशन शोमा भारत लगाएत अन्य मित्र राष्ट्रहरुका विशिष्ट कलाकारहरु समेत नेपाली आभुषणहरुका साथ प्रस्तुत हुने बताइएको छ ।
Shares

प्रतिक्रिया