कारोबार


विराटनगरमा सञ्चालनमा आयो उपाय स्टेसन, ७० ट्रक पार्क गर्न मिल्ने

विराटनगरमा सञ्चालनमा आयो उपाय स्टेसन, ७० ट्रक पार्क गर्न मिल्ने

नेपालखबर
फागुन ७, २०७९ आइतबार १२:५७, काठमाडौँ

लजिस्टिक्स कम्पनी उपायले मोरङको विराटनगरमा उपाय स्टेसन सञ्चालनमा ल्याएको छ। 

कम्पनीले प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप ३ बिघा क्षेत्रफल जग्गामा विश्राम केन्द्रको रुपमा उक्त स्टेसन सञ्चालनमा ल्याएको हो।

स्टेसनमा ७० वटाभन्दा बढी ट्रक पार्क गर्न मिल्नेछ भने चालकहरुलाई लुगा धुने, नुहाउने, गाडी मर्मत गर्न मिल्ने र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको उपायले जनाएको छ। 

उपाय स्टेसन पूर्वपश्चिम राजमार्गको टंकीशिनरवासीमा रहेको छ। जुन नेपालको पहिलो विश्रामकेन्द्र भएको कम्पनीले दाबी गरेको छ। 

‘स्टेसनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको छ’, कम्पनीले भनेको छ। 

स्टेसन कम्पनीका सञ्चालक तथा सहसंस्थापक रञ्जिव श्रेष्ठले फागुन ५ मा उद्घाटन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad