आर्थिक वर्ष २०७९को माघमा ३ वाणिज्य बैंकको निक्षेप घटेको छ।
असार मसान्तको तुलनामा माघमा प्रभु बैंक, कुमारी बैंक, सिभिल बैंकको निक्षेपमा गिरावट आएको हो।
सोही अवधिमा अन्य १९ वाणिज्य बैंकको निक्षेप भने बढेको छ।
माघ मसान्तसम्म सबैभन्दा धेरै ३६ प्रतिशतले वाणिज्य बैंकमा निक्षेप थपिएको छ।
असार मसान्तमा २ खर्ब ३५ अर्ब रहेको निक्षेप माघमा आइपुग्दा २ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। जुन गत असारको तुलनामा ३६ प्रतिशतले धेरै हो।
माघ मसान्तमा प्रभु बैंकको निक्षेप ९.५० प्रतिशतले घटेर २ खर्ब ७४ लाख सीमित भएको छ। त्यसैगरी कुमारी बैंकको निक्षेप १८.७० प्रतिशतले घटेको छ भने सिभिल बैंकको २.४६ प्रतिशतले घटेर ९३ अर्ब सीमित भएको छ।
कुन कुन बैंकको निक्षेप बढ्यो?
२०७९ असारको तुलनामा १९ वाणिज्य बैंकको निक्षेप बढेको छ।
कृषि विकास बैंकको निक्षेप ८.५२ प्रतिशतले बढेर १ खर्ब ७५ रुपैयाँ, सिटिजन्स बैंकको ३.५६ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब, एभरेष्ट बैंकको ७.९४ प्रतिशतले बढेर १ अर्ब ८१ अर्ब, तत्कालिन विओकेलाई गाभेको ग्लोबल आइएमई बैंकको १८.०९ प्रतिशतले बढेर ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ।
त्यसैगरी हिमालयन बैंकको निक्षेप ६.३८ प्रतिशतले बढेर १.७७ अर्ब, लक्ष्मी बैंकको ८.३१ प्रतिशतले बढेर १.४८ अर्ब, माछापुच्छ्रे बैंकको ३.६० प्रतिशतले बढेर १.५१ अर्ब, नबिल बैंकको ३०.८८ प्रतिशतले बढेर ३.६० अर्ब, नेपाल बैंकको २१.७३ प्रतिशतले बढेर २.१८ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.१० प्रतिशतले बढेर ३.५१ अर्ब, एनआईसी एशिया २६.५३ प्रतिशतले बढेर ३.२१ अर्ब, एनएमबि बैंकको ७.४४ प्रतिशतले बढेर १.९३ अर्ब, नेपाल एसबिआईको १४.८२ प्रतिशतले बढेर १.३४ अर्ब, प्राइम कमर्सियल बैंकको १.०८ प्रतिशतले बढेर १.६६ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको ३६ प्रतिशतले बढेर २.९२ अर्ब, सानिमा बैंकको २.८६ प्रतिशतले बढेर १६१ अर्ब, सिद्धार्थ बैंकको १५ प्रतिशतले बढेर २१२ अर्ब, स्टान्डर्ड चार्टर्ड बैंकको ७.१९ प्रतिशतले बढेर १०८ अर्ब र सनराइज बैंकको निक्षेप ०.४१ प्रतिशतले बढेर १३५ अर्ब रुपैयाँ पुगेको छ।
चार वाणिज्य बैंकको कर्जा प्रवाह घट्यो
सनराइज, नेपाल बैंक, कुमारी र ग्लोबल आईएमई बैंकको कर्जा प्रवाहमा गिरावट आएको छ।
सनराइजको कर्जा प्रवाह १.७४ प्रतिशत, नेपाल बैंकको २.४ प्रतिशत, कुमारीको १.६५ प्रतिशत र ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह ०.३४ प्रतिशतले घटेको छ।
१९ वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो
२०७९ असारको तुलनामा माघ मसान्तसम्म आइपुग्दा १९ बैंकको कर्जा प्रवाह बढेको छ।
माघमा आइपुग्दा कृषि विकास बैंकको कर्जा प्रवाह ०.४३ प्रतिशतले बढेर १७८ अर्ब, सिटिजन बैंकको १४२ अर्ब, सिभिल बैंकको ८७ अर्ब, एभरेष्ट बैंकको १६३ अर्ब, हिमालयन बैंकको १६४ अर्ब, लक्ष्मी बैंकको १३६ अर्ब, माछापुच्छ्रे बैंकको १३३ अर्ब नबिल बैंकको ३२३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३२९ अर्ब, एनआईसी एशियाको २८२ अर्ब, एनएमबि बैंकको १९१ अर्ब, नेपाल एसबिआईको १२३ अर्ब, प्रभु बैंकको २४९ अर्ब, प्राइम कमर्सियलको १५८ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको २३५ अर्ब, सानिमा बैंकको १४६ अर्ब, सिद्धार्थ बैंकको १८६ अर्ब र स्टान्डर्ड चाटर्ड बैंकको कर्जा प्रवाह बढेर ९३ अर्ब रुपैयाँ पुगेको छ।
Shares

प्रतिक्रिया