सोमबार नया बसपार्कमा भएको यातायात मजदुरहरुको आन्दोलनको क्रममा ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको दाबी गरिएको छ।
उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो।
पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए। चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन्।
देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन्।
साथै अन्य व्यवसायीहरुको समेत समर्थन रहेको नेपाल मोबाइल व्यवसायी महासंघले जनाएको छ।
महासंघले विज्ञप्तिमार्फत भनिएको छ, ‘कुनै एक व्यवसायीले आफ्नो हकहितको माग गरी गरिएको आन्दोलनमा अर्को व्यवसायीलाई ठूलो घाटा पुग्नृे गरी डकैती शैली प्रदर्शन हुन भएन।’
Shares

प्रतिक्रिया