कला


विदेशको सघंर्षमा आधारित डा गैह्रेको म्युजिक भिडिओ

विदेशको सघंर्षमा आधारित डा गैह्रेको म्युजिक भिडिओ

नेपालखबर
फागुन २, २०७९ मंगलबार १२:५८, काठमाडौँ

विदेशको सघंर्षमय जीवनकथामा आधारित ‘एक्लै एक्लै जीवन संग लड्न कहाँ सक्थेँ’ भन्ने गीतको म्यूजिक भिडिओ बेलायतमा सार्वजनिक भएको छ । 

आफनो वास्तविक जीवनमा भोगेका घटना उजागर गर्दै डा. योगेन्द्र गैह्रेले गीति एल्बमको म्युजिक भिडिओ लण्डनमा आइतबार सार्वजनिक गरेका हुन्।

अध्ययनका क्रममा बेलायत बस्दै आएका गैह्रेले विदेशिनु परेको बाध्यतालाई चित्रण गर्दै म्युजिक भिडिओ बनाएका छन्। 

आफू र आफनो परिवारले विदेशमा गरेका दु:खका दिनलाई आत्मसाथ गर्दै उक्त गीतको म्यूजिक भिडिओले विदेशमा रहेका नेपालीहरुको मन छुने उनले बताएका छन्। 

म्यूजिक भिडिओ विमोचन ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाटले गरे। रानाभाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्यूजिक भिडिओ निर्माण गरेकोमा खुसी जनाए।

‘हामीले दु:ख गरेर हासिल गरेको सफताको श्रय परिवारको सबैलाई दिनुपर्छ । यो नितान्त सामाजिक चेतना जगाउन सेवा भावले गर्न खोजिएको हो’, उनले भने। 

पुर्ख्यौली घर स्याङ्जाका भएका गैह्रेको म्युजिक भिडिओमा पात्रहरु सबै परिवारकै सदस्यहरु छन्। म्युजिक भिडिओको गीतमा गैह्रे आफैँले गीतमा स्वर दिएका छन्।

त्यस्तै गीतलाई करुण थापाले सिर्जना गरेका हुन्। उक्त गीतमा न्ह्यु बज्राचार्यको संगीत छ प्रोडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाँकन तथा भिडिओलाई प्राविधक सहयोग, फोटो र भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन्। 

त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडिओलाई संयोजन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad