भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले रिचार्जर बिगसेल २०२०' को घोषणा गरेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो।
भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्धेश्यले आगामी जनवरी २० तारिखका दिन नेपालकै ठुलो ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेज सहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो। भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ।
देशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै 'रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए। उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैयाँदेखि २ लाख रुपैयाँसम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउने छ।
विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन्। रिचार्जरका विदेशी प्रयोगकर्ताहरुले रिचार्जरबाट जनवरी १० तारिखदेखि २४ सै घण्टा छुट सहित फड सर्भिस पाउने ग्लाइडरले जानकारी दिए।

विश्व बजारमा नेपाली उत्पादन पुर्याउनका लागि पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका अफरहरु बिगसेलमा समावेश गरिनेछ। बिग सेलका दिन एक हजार भन्दा बढी उत्पादन तथा सेवाहरुमा ७० प्रतिशतसम्मको छट उपलब्ध गराइने ग्लाइडरले जानकारी दिए। बिग सेलका दिन सिमित सेवा तथा उत्पादनहरु २०२० रुपैंयामा उपलब्ध गराइने उनको भनाई छ।
विभिन्न बैंकहरुसँगको सहकार्यमा रिचार्जरमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलेक्ट्रोनिक्स, टूर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ।
रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ भने अन्य वस्तु तथा सेवाको खरिदमा २० प्रतिशत क्यास प्वाइन्ट दिदै आएको छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छटका रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया