भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीस्थित सरकारी निवासमा आगलागी भएको छ।
भारतीय सञ्चार माध्यमहरुले सेभेन लोककल्याण मार्गस्थित निवासमा आगलागी भएको जनाएका छन्। आगो नियन्त्रण गर्न नाै वटा दमकल घटनास्थलमा पुगेको र आगो नियन्त्रणमा लिने प्रयास भैरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
स्थानीय समयअनुसार साँझ सात बजेर २५ मिनेटमा आगलागी शुरू भएको समाचारहरूमा जनाइएकाे छ।

प्रतिक्रिया