ad ad

कारोबार


दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम

दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम

नेपालखबर
माघ २७, २०७९ शुक्रबार २१:३८, काठमाडौँ

दूग्ध व्यवसायीले दूधको मूल्य बढाउन सरकारलाई माघ मसान्तसम्मको अल्टिमेटम दिएका छन्।

पछिल्लो समय हरेक दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ लगायतमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा पनि किसानले पाउने दूधको मूल्य वृद्धि हुन नसकेको भन्दै व्यवसायी विरोधमा उत्रेका हुन्।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको अगुवाइमा भएको कार्यक्रममा उद्योगी व्यवसायीले माघ महिनाभरमा दूधको मूल्य नबढाए आफैं बढाउने चेतावनी दिएका छन्। 

संघको अनुरोधमा शुक्रबार ३६ जिल्लामा आन्दोलनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको संघका महासचिव राम आचार्यले जानकारी दिए। 

शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव आचार्यले दूधको मूल्यवृद्धि विषयमा प्रधानमन्त्री, विषयगत मन्त्रालय तथा बोर्डमा पनि आफूहरुले छलफल गरिसके तापनि यसबारेमा अझै निर्णय हुन नसकेको बताए। 

अन्य सबै चिजवस्तुमा २० देखि ३० प्रतिशतसम्म मूल्यवृद्धि भइसक्दा समेत दूधको मूल्य यथावत रहनु, पशु आहार, औषधि, सबै महँगो हुनुले किसानहरुको अवस्था दयनीय हुँदै गएको उनको भनाई छ। 

उनले ललितपुर जिल्लामा दैनिक ७० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर किसानको हक अधिकार, सहुलियतका विषयमा सम्बन्धित निकायले वास्ता नगर्दा कृषकहरु पेसाबाट नै पलायन हुनुपर्ने जोखिम बढेको बताए।  

साथै किसानको अवस्था सुधार गर्नका लागि सरकारले दिने ऋण ५ वर्षे अवधिबाट कम्तीमा १५ देखि २० वर्ष बढाउनुपर्ने र ऋण तथा सहुलियत रकमको दायरा बढाउनुपर्ने उनको भनाई छ। 

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले दक्षिण पहाडी ललितपुर लगायत जिल्लाभारबता उत्पादन हुने दूधबाट वार्षिक करिब २ अरब रुपैयाँ शहरबाट किसानसम्म पुग्ने बताए। 

संघले शनिबार एनडीए, डीआईए तथा, डेरी उद्योगी तथा ठुला व्यवसायीसँग छलफल समेत गर्दैछ।  

फागुन १ गतेसम्म पनि सरकारले दूधको मूल्य बढाउने निर्णय नगरे आफूहरु नै अवस्था हेरेर मूल्य बढाउने निर्णय गर्ने तथा थप आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .