बैंक तथा वित्तीय संस्थाले २०८० जेठ मसान्तसम्म कर्जाको म्याद सकिएर १ महिनामात्र नाघेको भए पेनाल ब्याज लिन नपाउने भएको छ।
राष्ट्र बैंकले चालू आवको अर्धवार्षिक मौद्रिक समीक्षामार्फत १ महिना म्याद नाघेकालाई जरिवाना नलाग्ने व्यवस्था गरेको हो।
‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको सावाँ/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने छ,’ मौद्रिक नीति समिक्षामा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। अहिले त्यसमा केही सम्बोधन गरेको हो।
30
Shares

प्रतिक्रिया