ad ad

कारोबार


यसरी हुँदैछ नेपाल भ्रमण वर्षको उद्घाटन

यसरी हुँदैछ नेपाल भ्रमण वर्षको उद्घाटन

नेपालखबर
पुस १४, २०७६ सोमबार १०:२९,

‘नेपाल भ्रमण वर्ष २०२०’ को यही जनवरी १ (पुस १६ गते) भव्य उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा चीन, भारत, जमैका, म्यान्मार लगायत देशका पर्यटनमन्त्रीहरु सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिती रहनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन्।

भ्रमण वर्षकाे तयारीबारे जानकारी दिन साेमबार आयाेजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुरज वैद्यले उद्घाटननको सम्पूर्ण तयारी पुरा भएको बताए। जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने उनले जानकारी दिए। उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने उनले बताए।

संयोजक वैद्यले दशरथ रंगशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधरण तथा आगन्तुकलाई ३ देखी ३ः४५ सम्म भित्र गईसक्नुपर्ने बताएका छन्। भीभीआईपी भने ४ बजे उपस्थिती हुने उनले जानकारी दिएका छन्। त्यसपछि ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ। कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी सहित राष्ट्रिय कलाकार मार्फत सांगितिक कार्यक्रम समेत रहेको छ।

त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ। यसबाहेक बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुने छ।

yogesh bhattarai bhramanyear

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष कुनै मन्त्रालयको मात्र कार्यक्रम नभई सम्रग नेपालको कार्यक्रम भएकाले सबैले उत्सबको रुपमा मनाउन आग्रह गरेका छन्। ‘सिंगो देश भ्रमण वर्षको आयोजक हो। सबै क्षेत्र यसका आयोजक हुन्’ उनले भने ‘भ्रमण वर्षले नेपाल स्थिर, शान्ती र समृद्धिको बाटोमा अघि बढेको सन्देश विश्वमा जान्छ।’

उनले नेपालको अबको यात्रा उज्यालोतर्फ अघि बढेको भन्दै पर्यटन नेपालको प्रमुख अर्थतन्त्र हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .