ad ad

कारोबार


सामसङ नयाँ ग्यालेक्सी एस २३ सिरिज प्रि-अर्डर गर्न सकिने

सामसङ नयाँ ग्यालेक्सी एस २३ सिरिज प्रि-अर्डर गर्न सकिने

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १५:४१, काठमाडौँ

सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस२३ अल्ट्रा,  ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ बजारमा सार्वजनिक गरेको छ। 

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ। जस्तै यसले परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ। 

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दिर्घकालिन गेम प्ले उपलब्ध गराउँछ।यो सामसङको क्वालकमसँगको सहकार्यले एक्सक्लुसिभ चिपसेट इन्हान्स्मेंटद्वारा समर्थित छ। 

ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।

“नयाँ ग्यालेक्सी एस सिरिजले सामसङको अल्टिमेट प्रिमियम अनुभवलाई कसरी परिभाषित गर्छ भन्ने कुराको प्रतीक हुनेछ । सामसङले हाम्रो नयाँ ग्यालेक्सी एस२३ सिरिजको साथमा नयाँ मापदण्ड र बारहरु सेट गर्दैछ”, सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी एस२३ आफ्नो हातमा प्राप्त गर्न इच्छुक उपभोक्ताहरूले आज नै आफ्नो फोन प्रिअर्डर गर्न सक्नुहुनेछन् र साथमाअमेजिङ प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नुहुनेछन्।”

तपाईंले आफ्नो मनपर्ने  ग्यालेक्सी एस२३ सिरिजलाई आधिकारिक प्रिअर्डर वेबसाइटमा दर्ता गरी प्रिअर्डर गर्न सक्नुहुनेछ । अथवा तपाईंको नजिकको सामसङ फोन स्टोरहरूमा जान सक्नु हुनेछ। प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .