नेपाल धितोपत्र बोर्डले दुईवटा जलविद्युत् कम्पनीलाई प्राथमिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ।
बोर्डले डोल्टी पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।
अनुमतिसँगै अब डोल्टी पावरले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँबराबरको १०० अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ जारी गर्नेछ।
यसैगरी भूगोल इनर्जीले पनि चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने १६ करोड ३२ लाख १६ हजार रुपैयाँबराबरको १६ लाख १२ हजार १६० कित्ता आईपीओ जारी गर्नेछ।
यी दुवै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्नेछन्। सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताबाट १० प्रतिशतले हुन आउने सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ।
दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
माघ १७, २०७९, मंगलबार
प्रतिक्रिया