ad ad

कारोबार


अनावश्यक हर्न बजाउनुहुन्छ? ट्राफिक कारबाहीमा पर्नुहोला

अनावश्यक हर्न बजाउनुहुन्छ? ट्राफिक कारबाहीमा पर्नुहोला

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०७९ मंगलबार १६:४९, काठमाडौँ

काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने  ५२ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

विभिन्न स्थानमा मंगलबार गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले ५२ जना चालकहरूलाई कारबाहीमा गरेको हो। 

२०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गई हृदयाघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले चालकलाई अनुरोध गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .