समाज


पशुपति पुगेर पर्यटनमन्त्रीको प्रश्न : भगवानमाथि भ्रष्टाचार गर्ने?

पशुपति पुगेर पर्यटनमन्त्रीको प्रश्न : भगवानमाथि भ्रष्टाचार गर्ने?

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०७९ मंगलबार १६:५०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन्।

मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन्। 

उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह
गरे। 

किरातीले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे। 

उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन,अल्पकालीन र दीर्घकालीन क्यालेण्डर बनाउन आग्रह गरे। 

मन्त्रालयले क्यालेण्डर अनुसार काम भए/नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए। 

मन्त्री किराँतीले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए। उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै  विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए। 

उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताए। 

मन्त्री किराँतीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए। 

‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ। हाम्रो ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न बनेको छ। पशुपति क्षेत्र विकास कोषले कल्याणकारी काम पनि गर्नसक्छ। पशुपति क्षेत्र विकास कोषले विश्वविद्यालय चलाउनुपर्ने हो', उनले भने, 'अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम हो। कति काम भएको छ। म एक पटक पशुपतिनाथसँग कोषको अध्यक्ष भएर माफी माग्छु। हामीले पशुपतिको सम्मानलाई चिन्न सकेनौं। सबैको गल्तको नेतृत्व गर्दै क्षमा माग्दै अब हामी त्यस्तो गल्ती गर्दैनौँ। देखेको त जालैले छेकेको हेर गाउँले हो।'

मन्त्री किराँतीले मन्त्री र सचिवलाई पैसा दिनुपर्ने भन्दै पशुपतिमा फूल महँगोमा बेच्ने गरिएको गुनासो आएकाले त्यसबारे नियमन गर्न निर्देशन दिए।

उनले कुन सरकारको पालामा कुन मन्त्री र सचिवले पैसा लिए? भन्ने नाम दिए पत्रकारहरुको सामु पढेर सुनाउने बताए। उनले एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुने गरेको सुन्नमा आएको भन्दै अब त्यस्तो कुरा सुनिए
तत्काल कारबाही गर्ने चेतावनी दिए।

‘पशुपतिमा धेरै अपवित्र कुरा सुनिन्छ। म यो हो त्यही हो भन्दिनँ। तर पशुपतिमा फूल बेच्नेले महँगोमा बेच्दा किन महँगोमा बेचेको भन्दा मन्त्री र सचिवलाई पैसा बुझाउनुपर्छ भनिन्छ'रे? एउटा सटर भाडामा लगाउन लाखौंको डिल हुन्छ। यहाँको फोटो खिच्नेहरु कहाँ गए। प्रमाण पेश गर्न नपरोस्। एक, दुई लाख, पाँच लाख हो र डिलिङ? २० लाख पनि होइन लाखौँ लाख के सुन्नु परेको पशुपतिनाथमा मैले?', उनले भने, 'कुन मन्त्रीलाई पैसा दिनुभयो? मलाई नाम दिनु पत्रकारलाई पढेर सुनाउँछु। भगवानमाथि भ्रष्टाचार गर्ने? किन फूल व्यापारीहरुसँग पैसा उठाइन्छ कसले उठाउँछ। पैसा उठाएर मन्त्री र सचिवलाई पैसा बुझाउने भनेर बदनाम गरिन्छ। हो मन्त्री र सचिवलाई बुझाउनैपर्छ तपाईंहरुले मिडियाहरु आएका छन्। दुधको दुध पानीको पानी पशुपतिनाथको माटोमा उभिएर भन्नुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad