पूर्वपर्यटन सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तर गर्न सुझाव दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पूर्वसचिवहरूले निगम सुधारकाे लागि कम्पनीमा रूपान्तरण गर्न राय दिएका हुन्।
साेमबार मन्त्रलयमा बसेकाे बैठकमा पूर्व सचिवहरुको आफ्नो कार्यकालमा बाँकी रहेका अधूरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधूरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेण्डामा छलफल भएको थियो ।
बैठकमा पूर्वसचिव लीलामणि पौडेल, शंकरप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपानेलगायतका पूर्वसचिवहरुले आफ्नो अनुभव र सुझाव राखेका थिए।
अधिकांश सचिवहरुले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्नेलगायतका सुझाव राखेकाे मन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।
माघ १६, २०७९, साेमबार
प्रतिक्रिया