दुई दिने भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताएकी छन्।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन्।
उनले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताइन्।
न्युलान्डले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधलाई रोक्न नयाँ प्रविधिमामा सहयोगलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिवद्धता जनाइन्।
उनले नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि आपसी हितलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन्।
न्युल्यान्डले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउने बचन दिइन्।
उपविदेशमन्त्री न्युल्याण्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको विश्वास व्यक्त गरिन्।
त्यसअवसरमा उपविदेशमन्त्री न्युल्याण्डले पाटन दरबार स्क्वायरको पनि अवलोकन गरिन्।
सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भेटवार्ता गरेकी थिइन्।
नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
प्रतिक्रिया