कारोबार


कान्ति बाल अस्पतालमा हिमालयन बैंकको २ बिल भुक्तानी काउन्टर

कान्ति बाल अस्पतालमा हिमालयन बैंकको २ बिल भुक्तानी काउन्टर

नेपालखबर
माघ ९, २०७९ सोमबार १४:५१, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले काठमाडौं महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा २ बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ। 

बैंकले यही माघ ४ देखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ। 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र  बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो। 

उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक विदाबाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । 

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६ हजारभन्दा बढी पस टर्मिनल्सबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .