ad ad

कारोबार


चिनियाँ अर्बपति हुई जसले गुमाए आफ्नो ९० प्रतिशत सम्पत्ति

चिनियाँ अर्बपति हुई जसले गुमाए आफ्नो ९० प्रतिशत सम्पत्ति

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १५:१७, काठमाडौँ

पछिल्ला केही वर्ष सम्पत्ति बजारमा आफ्नो धन लगानी गरेका चीनका उच्च धनाढ्यका लागि आशावद्र्धक रहेका छैनन्। 

घरजग्गा कारोबारी कम्पनी एभरग्रान्डेका प्रमुख हुइ का यानको सम्पत्ति ९३ प्रतिशतले घटेको हो। 

ब्लुमबर्ग अर्बपति सूचकांकका अनुसार कुनै बेला उनी एसियाका दोस्रो धनाढ्य थिए। उनको सम्पत्ति सन् २०१७ मा ४२ अर्ब डलरसम्म बढेको थियो। तर अहिले करिब ३ अर्ब डलरमा खुम्चिन पुगेको छ। 

एभरग्रान्डे चीनको ऋणमा डुबेको ठूलो कम्पनी हो। उसको ३ खर्ब डलर ऋण रहेको छ। सन् २०२१ यता चीनको बिग्रिँदो घरजग्गा समस्याको केन्द्रमा रहँदै आएको छ। 

हुईलाई मन्डारिनमा सु चियायिन नामले पनि चिनिन्छ। उनले आफ्नो व्यक्तिगत सम्पत्ति ऋणमा चुर्लुम्म कम्पनीलाई उकास्न निजी विमान र घरहरु नै बेचेका थिए। 

तर डलर ऋणपत्रका लागि त्यो अपर्याप्त भयो। एभरग्रान्डे सन् २०२१ डिसेम्बरमा टाट उल्टियो। उसले महिनौँसम्म ऋणदाता, आपूर्तिकर्ता र लगानीकर्तालाई ब्याज तिर्न सकेन। कम्पनीले ऋण पुनर्संरचना योजना समेत ल्याउन सकेन। जसले कम्पनीकै भविष्यमाथि प्रश्न उठायो। 

एभरग्रान्डे निकै ठूलो कम्पनी हो। यसका २ लाख कर्मचारी छन्। २८० भन्दा धेरै सहरमा १ हजार ३ सय बढी व्यवसाय रहेको छ। 

त्यसकारण यो कम्पनी डुब्दा यसले चीनको सम्पत्ति बजारलाई नै असर गर्ने विश्लेषकहरुले चेतावनी दिएका छन्। 

यद्यपि धेरै सम्पत्ति गुमाउनेमा हुईमात्र एक्ला व्यक्ति होइनन्। टेस्ला तथा स्पेस एक्सका सीईओ इलोन मस्कले भर्खरै २०० अर्ब डलर गुमाउँदै खराब कीर्तिमान बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .