कारोबार


प्रदेश १ मा कृषिमा आधारित उद्यमका लागि ‘एक्सिलेरेटर प्रोग्राम’ सुरु

प्रदेश १ मा कृषिमा आधारित उद्यमका लागि ‘एक्सिलेरेटर प्रोग्राम’ सुरु

नेपालखबर
माघ ४, २०७९ बुधबार १४:११, विराटनगर

प्रदेश १ मा कृषिमा आधारित उद्यमलाई लक्ष्य गरी पाँच महिने ‘एक्सिलेरेटर प्रोग्राम’ (गतिवर्धक कार्यक्रम) सुरु भएको छ। आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडको नेतृत्व र प्रदेश लगानी बोर्डको साझेदारीमा माघ ४ गते उक्त कार्यक्रम सुरु भएको हो। 

आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तारका लागि आवश्यक स्रोत, साधन र व्यवसायी परामर्श प्रदानका साथै लगानी योग्य बन्न मद्दत गर्ने जानकारी दिएको छ। 

आध्यन्तका संस्थापक मनोज पौडेलले कृषिमा आधारित उद्यममा लगानी गर्ने आवेदन खुलाइएको र १० जनालाई छनोट गरी १२ हप्तासम्म पुँजी, बजार र प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिए।

प्रदेश १ पाँच ‘अ’ भनेर कृषिजन्य वस्तुहरू अलैंची, अर्थोडक्स चिया, अदुवा, अम्लिसो (कुचो) र अकबरे खुर्सानीको उत्पादनका लागि चिनिन्छ। यी उत्पादनलगायतका उपलब्ध अन्य स्रोतहरूको समुचित उपयोग गरी समृद्ध प्रदेश बन्ने ठूलो अवसर रहेकाले सदुपयोग गर्न यस कार्यक्रमको परिकल्पना गरिएको संस्थापक पौडेलले बताए।

 उद्यमीहरूले उत्पादन विकास, व्यवसायको वित्तीय संरचना, बजार विस्तार, र निजी पुँजीमा पहुँचलगायतका सहयोग पाउने पौडेलले बताए।

निर्धारित अवधिमा उच्च वृद्धिको सम्भावना भएका १० वटा कृषि उद्यमको क्षमता बढाई थप लगानीयोग्य बनाउने कार्यक्रमको प्रमुख लक्ष्य रहेको पौडेलको भनाइ छ। 

छनोट भएका उद्यमीलाई २० लाखदेखि ५ करोडसम्म लगानी गर्ने बताइएको छ।

प्रदेश लगानी प्राधिकरण बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले कृषि क्षेत्रको अथाह सम्भावनालाई उजागर गर्न र  उच्च वृद्धिको सम्भाव्यता भएका उद्यमलाई सहयोग प्रदान गर्न यो कार्यक्रम ल्याएका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .