कारोबार


नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:११, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ। 

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन्।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको हो। 

माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एक जना भाग्यशाली विजेतालाई इयरबड्स प्रदान गरिनेछ। त्यसैगरी पहिलोपटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्ने सम्पूर्ण ग्राहकहरुलाई सय रुपैयाँ क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आईपीएस, आई एम ई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ। 

यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .