ad ad

कारोबार


२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ५ महिनामै भित्रियो झण्डै ५ खर्ब

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ५ महिनामै भित्रियो झण्डै ५ खर्ब

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १२:५९, काठमाडौँ

चालू आर्थिक वर्षको ५ महिनामा नेपालको रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ प्रतिशतले बढेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको हो।  

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .