कारोबार


इसेवा र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सहकार्य, सस्तो दरमा ‘पूर्ण हेल्थ केयर’ सुविधा

इसेवा र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच सहकार्य, सस्तो दरमा ‘पूर्ण हेल्थ केयर’ सुविधा

नेपालखबर
पुस २७, २०७९ बुधबार १६:०, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ। इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो।

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक रू १ भन्दापनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ। जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक रु.१ मा दुई लाख ३० हजार सम्मको बीमा दाबी गर्न सकिनेछ। यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ।

यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ। इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजार सम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, रू एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक  निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट  द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन्। 

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अस्पतालको बेड चार्जमा दशहजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एकलााख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एकलाखसम्म, अन्त्येष्टि यातायात खर्च एकलाखसम्म, अन्त्येष्टि खर्च दशहजारसम्म जस्ता सुविधा रहेका छन्। यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एकलाखसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च दशहजार रूपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधी भित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ। 

साथै, अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सन्चलान गर्न नसकेमा २६ हप्ता सम्म बीमाको ५ प्रतिशत वा वार्षिक बीस हजार बराबरको रकम उपलब्ध हुनेछ। यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ। 

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ६५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका एक लाख ६० हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad