कारोबार


पर्यटन व्यवसायी निरुत्साहित हुँदा लगानी आउँदैनः नाट्टा

पर्यटन व्यवसायी निरुत्साहित हुँदा लगानी आउँदैनः नाट्टा

नेपालखबर
पुस १०, २०७६ बिहिबार १२:५२,

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले पछिल्लो समय पर्यटनसम्बद्ध कम्पनी र व्यवसायीलाई निरुत्साहित गर्न थालिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केही समययता यती समूह र त्यसअन्तर्गतको थामसेर्कु ग्रुप अफ अर्गनाइजेसनले नेपाल ट्रष्टको जग्गा सस्तो भाडामा लिएर व्यावसायिक नाफा कमाइरहेको रिपोर्टहरू आएका थिए।

नाट्टाले बिहीबार विज्ञप्तिमार्फत व्यवसायीलाई निरुत्साहित गर्ने गरी समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाएको हो। यसले कानुनी राज्यलाई सम्मान गर्दै व्यवसाय गरेका लगानीकर्तालाई निरुत्साहित पार्ने नाट्टाले जनाएको छ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नाट्टा सदस्य थामसेर्कु ग्रुप अफ अर्गनाइजेसन र अन्य केही कम्पनी तथा कम्पनी सञ्चालकलाई निशाना बनाई पर्यटन व्यवसायमा उल्लेख्य योगदान पुर्याएका व्यावसायिक प्रतिष्ठान तथा सञ्चालकलाई निरुत्साहित पार्ने उद्देश्यले समाचार प्रकाशित भएको प्रति नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ।’

पछिल्लो गतिविधिले मुलुकमा बन्दै गएको लगानीको वातावरणलाई दूषित बनाउने भन्दै नाट्टाले संघारमै रहेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत असर पुग्ने उल्लेख गरेको छ।

यती समूहले सञ्चालन गरिरहेको गोकर्ण रिसोर्ट रहेको जग्गाको सम्झौता सरकारले समयअघि नै नवीकरण गरेको रिपोर्टहरू आएका थिए।

नेपाल ट्रष्टले आफ्नो जग्गा यती समूहलाई सस्तो भाडा दरमा दिएको रिपोर्टहरू आएपछि ट्रष्टले शुक्रबार १ बजे पत्रकार सम्मेलन नै आयोजना गरेको छ।

बिहीबार नै नेपाल पर्बतारोहण संघले पनि विज्ञप्तीमार्फत पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको भन्दै व्यवसायिक प्रतिष्ठान यती समूहको बचाउ गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad