कारोबार


४० लाख चल्ला मारेर ३५ रुपैयाँ बढाइयो कुखुराको मासुकाे मूल्य

४० लाख चल्ला मारेर ३५ रुपैयाँ बढाइयो कुखुराको मासुकाे मूल्य

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:४६,

नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि कुखुराका करिब ४० लाख चल्ला नष्ट गर्‍याे। ‘चिकेन होलिडे’ का नाममा चल्ला र अण्डा नष्ट गरे लगत्तै कुखुराको मासू र अण्डाको मूल्य आकासिएको छ। 

‘चिकेन होलिडे’ पछि व्यवसायीले मासु र अण्डा उत्पादकहरुले आफ्नो उत्पादनको मूल्य बढाएका छन्।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक साताको अवधिमा मासुमा दोस्रोपटक मूल्यवृद्धि गरेको छ। एक साताअघि संघले प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाएर संघले २७० रुपैयाँ तोकेको थियो।

बुधबार संघले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाएर मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ तोकेको संघले जनाएको छ। संघले तोकेको मूल्यमा १० रुपैयाँ थपिएर उपभोक्तासम्म पुग्छ। काठमाडौंमा बुधबारदेखि कुखुराको मासुको उपभोक्ता मूल्य २९५ रुपैयाँ देखि तीन सय रुपैयाँसम्म पुगेको छ।

यसअघि नेपाल अण्डा उत्पादक संघले कुखुराको अण्डाकाु मूल्य बढाएको थियो। ठूलो अण्डाको मूल्य मंगलवारबाट लागू हुने गरी प्रतिक्रेट २९० रुपैयाँ तोकेको हो। यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य २७५ रुपैयाँ थियो। यस्तै मध्यम खाले अण्डाको मूल्य २५५ रुपैयाँबाट २० रुपैयाँले बढाएर २७५ रुपैयाँ पुर्‍याईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad