ad ad

कारोबार


अम्बानीको खातामा एकै वर्षमा थपियो १७ अर्ब डलर, जेफ बेजोस घाटामा

अम्बानीको खातामा एकै वर्षमा थपियो १७ अर्ब डलर, जेफ बेजोस घाटामा

नेपालखबर
पुस १०, २०७६ बिहिबार ५:५४,

एसियाका सबैभन्दा धनी मुकेस अम्बानीका लागि सन् २०१९ खुबै फापेको छ। यो वर्ष उनको खातामा १७ अर्ब डलर सम्पत्ति थपिएको छ।

ब्लुमवर्ग बिलियनायर इन्डेक्सअनुसार यी भारतीय व्यवसायीको सम्पत्ति अहिले ६१ अर्ब डलर पुगेको छ।

६२ वर्षीय अम्बानीले २०२१ सम्ममा कम्पनीको ऋण समाप्त गर्ने बताएका छन्।

उनको टेलिकम्युनिकेसन कम्पनी जियो भारतीय बजारमा प्रवेश गरेयता रिलायन्सको सेयरमा तीन गुणा वृद्धि भइसकेको छ।

अर्कोतर्फ विश्वका सबैभन्दा धनी जेफ बेजोसको सम्पत्तिमा भने यो वर्ष गिरावट आएको छ। उनले १३.२ अर्ब डलर घाटा खाएका छन्।

अलिबाबाका संस्थापक ज्याक माको सम्पत्ति पनि ११.३ अर्ब डलर बढेको छ।

अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सेयरमा ३८ प्रतिशत वृद्धि भएपछि उनको सम्पत्ति बढेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .