ad ad

कारोबार


पूर्ण सञ्चालनमा आएको वर्ष नै सौर्य सिमेन्टले गर्‍यो साढे ७ अर्बको बिक्री

पूर्ण सञ्चालनमा आएको वर्ष नै सौर्य सिमेन्टले गर्‍यो साढे ७ अर्बको बिक्री

नेपालखबर
पुस १८, २०७९ सोमबार १३:१९, काठमाडौँ

सौर्य सिमेन्टले १ वर्षमै साढे ७ अर्ब रुपैयाँको सिमेन्ट विक्री गरेको छ। 

२०१७ मा स्थापना भएको कम्पनीले पूर्ण रुपमा सञ्चालनमा अएको पहिलो आवमा २०७८/०७९ मा ७ अर्ब ४३ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको हो। 

कम्पनीको कर, ब्याजलगायतसहितको नाफा २९.१६ प्रतिशत रहेको छ। सिरहाको मिर्चैया रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६३ करोड रुपैयाँको बिक्री गरेको छ। 

उद्योग र चुनढुंगा खानीको दूरी करिब ४० किलोमिटर रहेको छ। कम्पनीले मुख्यत: नेपालको पूर्वी क्षेत्रमा मार्केट होल्ड गरेको छ। सिमेन्ट उद्योगमा नयाँ प्रविधि अल्काई बाइपास सिस्टम, रोबोटिक ल्याब्स, वेस्ट हिट रिकभरी सिस्टम रहेका छन्।  

दैनिक ३ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले ठूला घराना शंकर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको संयुक्त लगानी रहेको छ। सुलभ अग्रवाल कम्पनीका अध्यक्ष छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .