कारोबार


सिद्धार्थ बैंकको ७ शाखाहरूको औपचारिक उद्घाटन

सिद्धार्थ बैंकको ७ शाखाहरूको औपचारिक उद्घाटन

नेपालखबर
पुस ९, २०७६ बुधबार ११:५७,

सिद्धार्थ बैंकले एकै दिन ७ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ।

मंगलबार सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक उद्घाटन गरेको हो। त्यसैगरी बैंकले २०७६ पौष ९ गते बुधबार दमक अवस्थित राजमार्ग शाखा र मोरङ अवस्थित पथरी शाखको औपचारिक उद्घाटन सम्पन्न गरेको छ। 

बैंकको राजविराज शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ सप्तरीका अध्यक्ष अरूण प्रधान, कल्याणपुर शाखाको उद्घाटन खडग नगरपालिकाका उपमेयर यासमिन सुल्तान, इनरूवा शाखाको उद्घाटन इनरूवा नगरपालिकाका मेयर राजन मेहता, महेन्द्र चोक शाखा र कञ्चनबारी शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, राजमार्ग शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओली र पथरी शाखाको उद्घाटन नेपाल उद्योग वाण्जिय महासंघ पथरीका अध्यक्ष दीपक बस्नेत र पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईबाट संयुक्त रुपमा भएको थियो।

बैंकले राजविराज शाखा गत २०७५ आश्विन ४ गते, कल्याणपुर शाखा गत २०७६ कार्तिक १५ गते, इनरूवा शाखा गत २०७६ भाद्र ३० गते, महेन्द चोक शाखा गत २०७६ मंसिर २ गते, कञ्चनबारी शाखा गत २०७६ वैशाख १६ गते, राजमार्ग शाखा गत २०७६ वैशाख १६ गते र पथरी शाखा गत २०७५ वैशाख ३१ गते नै स्थापना गरी कारोबार गर्दै आएको थियो।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad