ad ad

कारोबार


कावेली बी१ र तल्लो मोदीको विद्युत् निर्यात गर्ने बाटो खुल्यो

कावेली बी१ र तल्लो मोदीको विद्युत् निर्यात गर्ने बाटो खुल्यो

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १६:४२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले थप दुई आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्ने बाटो खुलेको छ। 

भारतबाट कावेली बी १ र तल्लो मोदीको बिजुली निर्यातको स्वीकृति पाएसँगै ती आयोजनाको बिजुली बिक्रीको बाटो खुलेको हो। 

कावेली बी१ २४.२५ मेगावट क्षमताको र तल्लो मोदी १९.४ मेगावाट क्षमताको विद्युत् आयोजना हो।  

यसअघि आठवटा आयोजनाको बिजुली निर्यातको अनुमति प्राधिकरणले पाइसकेको छ। 

सुरुमा दुईवटा  जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। 

त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो। 

प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो। 

पछिल्लो दुई आयोजनाले अनुमति पाएसँगै १० जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४५२.६ मेगावाट पुगेको छ।  

प्राधिकरणले चालू आवको पुससम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो। नेपालबाट वर्षायाममा धेरै बिजुली उत्पादन हुने भएकाले निर्यात हुने गरेको छ भने हिउँदमा भारतबाट आयात गरिँदै आएको छ। 

यस वर्ष पनि निर्यात बन्द भइसकेको छ। अब वैशाख अन्तिम तथा जेठको पहिलो हप्ताबाट पुनः विद्युत् निर्यात हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .