ad ad

कारोबार


हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र सन्दुक रुइतलाई

हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र सन्दुक रुइतलाई

नेपालखबर
पुस ८, २०७६ मंगलबार १०:४३,

साल्ट ट्रेडिङ कर्पोरेसनका पूर्वमहाप्रबन्धक हेमबहादुर मल्ल सम्मान पुरस्कार कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले संयुक्त रुपमा प्रदान गर्ने उक्त सम्मान आगामी शुक्रबार घिसिङ र रुइतलाई प्रदान गर्न लागिएको हो।

दुई लाख राशिको उक्त सम्मान २०७३ बाट घिसिङ र २०७४ बाट डा. रुइतलाई प्रदान गर्न लागिएको हो। २०५९ सालमा स्थापना भएको यो सम्मान १३ जनालाई प्रदान गरिसकिएको छ।

२०७३ सालको हेमबहादुर मल्ल सम्मान नेपालमा लामो समयदेखि लोडसेडिङ समस्या रहेकोमा विद्युत् शक्तिको समुचित व्यवस्था गरी मुलुकलाई लोडसेडिङमुक्त तुल्याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने सम्मान छनौट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले बताए।

त्यस्तै २०७४ सालको हेम बहादुर मल्ल सम्मान आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट प्रदान गर्ने उनले जानकारी गराएका हुन्।

हेमबहादुर मल्ल २०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गरेका थिए। उनले २५ वर्ष त त्यहाँको महाप्रबन्धक रहेर काम गरे। साल्ट ट्रेडिङलाई एउटा पहिचान योग्य संस्थाको रुपमा पहिचान गराउन उनको भूमिका ठूलो रहेको भन्दै यो सम्मानको गठन गरिएको हो।

इमानदार, परिश्रमी, कर्तव्यनिष्ठ, शिष्ट, नरम एवं हक्की स्वभाव भएका उनलाई रेलमोडल प्रशासक तथा व्यवस्थापकको रुपमा साल्ट ट्रेडिङ र जनप्रशासन संघले व्याख्या गरेको छ।

उनको मदिरा र सुर्तीजन्य वस्तु बिक्रीवितरण नगर्ने तथा नगराउने धारणा रहेको थियो। उनको यो धारणालाई कदर गदैं साल्ट ट्रेडिङले अहिलेसम्म पनि त्यस्तो व्यापार नगरेको साल्ट ट्रेडिङका सीईओ उर्मिला श्रेष्ठले जानकारी गराइन्।

उनले भनिन्, ‘मद्यपान र धूमपानसम्बन्धी व्यापार साल्ट ट्रेडिङले अहिलेसम्म गरेको पनि छैन अब गर्ने कुनै योजनामा पनि छैन।’ बरु साल्ट ट्रेडिङले दैनिक अत्यावश्यक उपभोग्य वस्तु व्यापार र कृषि क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकतामा राखेको जानकारी गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .