कारोबार


धनगढीमा नाडाको विरोध प्रदर्शन

धनगढीमा नाडाको विरोध प्रदर्शन

नेपालखबर
पुस ३, २०७९ आइतबार १९:०, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनगढीमा विरोध प्रदर्शन गरेको छ।

आइतबार नाडाको प्रदेश एशोसिएशन सुदूर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले  धनगढीमा मुख्य मन्त्रीको कार्यालय अगाडि शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको जनाएको छ। 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यही २०७९ मंसिर २२ गते घोषणा गरेको देशव्यापी आन्दोलन अन्तर्गत धनगढीमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो। 

नाडाले ब्याजदर घटाउनुपर्ने, नगद मार्जिन घटाउनुपर्ने तथा चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .