कारोबार


सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

सिभिल बैंकले थालनी गर्‍यो ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान

नेपालखबर
पुस ३, २०७९ आइतबार १५:१२, काठमाडौँ

‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ। 

जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशक निरा ताल्चा भँडेल थिए भने अन्य अतिथीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वास राज अर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरु र विभिन्न कलेजका विद्यार्थीहरूहरुको बाक्लो उपस्थिति थियो।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो।

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानीदेखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोडबाट नै गरिएको थियो।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि पनि प्रस्तुति गरिएको थियो।

कार्यक्रममा बोल्दै जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगद रहित समाज आजको आवश्यकता भएकोे र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको संचय हुने कुरा पनि बताए।

‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानलाई साकार गर्ने हो भने डिजीटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्म तथा शौचालयको शूल्क समेतका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी गर्याैं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको कुरा सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले भने।

सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी एक चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad