ad ad

कारोबार


‘कालोसूची’ मा परेको पप्पु आफैँले तोड्यो सरकारसँग ठेक्का

‘कालोसूची’ मा परेको पप्पु आफैँले तोड्यो सरकारसँग ठेक्का

नेपालखबर
पुस १, २०७९ शुक्रबार २०:३१, काठमाडौँ

सरकारले कालोसूचीमा राखेको पप्पु कन्स्ट्रक्सनले एउटा ठेक्का आफैँ तोडेको छ। 

सार्वजनिक सूचना प्रकाशित गरी पप्पुले ११ किलो छेपेटार(भालुस्वारा वारपार्क सडक योजना, गोरखाको त्रिशुली नदी, बट्टार मकैसिङको पुल निर्माणको खरिद सम्झौता अन्त्य गरेको हो।

आयोजना अन्तर्गत निर्माण गर्नु पर्ने बेली पुल आजको मितिसम्म निर्माण नगरेको तथा निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र सो सम्बन्धमा पप्पु कन्स्ट्रक्सन प्रालिले पटक पटक पत्रचार गर्दा समेत बेवास्ता गरेको भन्दै ठेक्का सम्झौता रद्द गरेको जानकारी कम्पनीले सडक विभागलाई दिएको छ।

साथै, उसले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(३) एवम् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२७ बमोजिम वित्तिय फरफारक गर्नसमेत माग गरेको छ। 

पोखरिया, पर्सामा केन्द्रीय कार्यालय रहेकने पप्पु कन्स्ट्रक्सन पूर्व सांसद हरिनारायण रौनियारको कम्पनी हो।

दर्जनौं पुल, सडकलगायत आयोजना निर्माणको जिम्मा लिएर अलपत्र पारेको भन्दै नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालो सूचीमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .