कारोबार


यूएनडीपी र चाइना फाउन्डेसनको नयाँ प्रोजेक्ट अनावरण, दुर्गमका विद्यालयलाई सहयोग पुग्ने

यूएनडीपी र चाइना फाउन्डेसनको नयाँ प्रोजेक्ट अनावरण, दुर्गमका विद्यालयलाई सहयोग पुग्ने

नेपालखबर
पुस १, २०७९ शुक्रबार १८:४५, काठमाडौँ

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको नेपालस्थित कार्यालय स्थापनाको सातौँ वार्षिकोत्सव पारेर यूएनडीपीसँगको सहकार्यमा ग्लोबल डेभलपमेन्ट साउथ–साउथ कोअपरेसन फन्ड नेपाल पोस्ट एपिडेमिक रिकभरी प्रोजेक्टको अनावरण गरिएको छ। 

नेपालको दिगो विकासलाई सघाउन ग्लोबल डेभलपमेन्ट साउथ–साउथ कोअपरेसन फन्ड दोस्रोपटक नेपालमा लन्च गरिएको हो। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालय र यूएनडीपीले संयुक्त रुपमा उक्त परियोजना सार्वजनिक गरेका हुन्। 

यो परियोजनाले नेपालमा दुर्गम स्थानमा रहेका विद्यालय र समुदायलाई सहयोग गर्नेछ।  

सीआरडीएफको यो दोस्रो परियोजना हो। सन् २०२२ जुनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो परियोजना घोषणा गरेका थिए। यसअघि नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्ट सीआरडीएफले कार्यान्वयन गरेको थियो। 

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, नेपालस्थित चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सिलर सि यू, राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका लागि देशीय उपनिर्देशक विजय सिंह, चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्याल, समाज कल्याण समितिका मनोज भट्ट, चाइना रुरल डेभलपमेन्ट फाउन्डेसन नेपालका प्रमुख झोउ झिकियाङ, चाइनिज इन्टरप्राइजेस एसोसिएसन नेपालका प्रमुखहरु, एनजीओहरुका प्रतिनिधि, नेप्लिज ओभरसिज चाइनिज एसोसिएसन र फेडेरेसन अफ नेप्लिज चाइनिज आन्ट्रप्रेनर्स, सिन्ह्वा समाचार संस्था र सीसीटीभीलगायतका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad