नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन नेपालले बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत त्यस एसोसिएसनले पनि प्लेकार्डसहित विरोध प्रदर्शन गरेको हो।
सो एसोसिएसनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च ब्याज दरका कारण सवारीसाधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको बताए। यसअघि उक्त एसोसिएसनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।
24
Shares

प्रतिक्रिया