नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का इन्टरनेट ग्राहक घट्न थालेका छन्।
निजी क्षेत्रका कम्पनीले आफ्ना ग्राहकको संख्या बढाउँदै जाँदा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीका ग्राहक घट्न थालेका हुन्।
२०७८ भदौमा टेलिकमको २ लाख ९३ हजार ७६३ ग्राहक रहेकोमा १ वर्षपछि २ लाख ९१ हजार २८४ मा झरेका छन्। टेलिकमले मुख्यतः एडीएसएल र फाइबर ट द होम (एफटीटीएच)मार्फत इन्टरनेट सेवा दिँदै आएको छ।
नेपालमा १ वर्षअघि १७ लाख ४२ हजार कुल इन्टरनेट सेवाग्राही रहेका थिए। अहिले यो संख्या २३ लाख ६० हजार पुगेको छ। १ वर्षमा ६ लाख १८ हजार ग्राहक बढ्दा दूरसञ्चार कम्पनीका भने २ हजार ग्राहक घटेका छन्।
गत असारमा दूरसञ्चार कम्पनीका ग्राहक २ लाख ९२ हजार ३४३ रहेका थिए। २ महिनामै करिब १ हजार ग्राहक घटेका हुन्।
यता वर्ल्डलिंक कम्युनिकेसनको ६ लाख ८१ हजार ग्राहक रहेका छन्। १ वर्षअघि ५ लाख ४३ हजार ग्राहक रहेका थिए। २ महिनाअघि ६ लाख ६० हजार ग्राहक रहेका छन्। वर्ल्डलिंकका ग्राहक सबैभन्दा तीव्र गतिमा बढिरहेका छन्।
१ वर्षअघि भायनेटका १ लाख ६० हजार ग्राहक रहेकोमा २ लाख ४० हजार पुगेका छन्। ७४ हजार ग्राहक रहेकोमा वेब सर्फरको १ लाख पुगेका छन्।
त्यस्तै सुबिसुको २ लाख ४१ हजार पुगेका छन्। अघिल्लो वर्ष २ लाख ३४ हजार मात्रै ग्राहक रहेका थिए।
डिश मिडिया नेटवर्कले २९ हजारबाट १ लाख ५५ हजार ग्राहक पु¥याउँदा क्लासिक टेकले १ लाख ६० हजारबाट २ लाख ४२ हजार ग्राहक पुर्याएको छ।
Shares

प्रतिक्रिया