कारोबार


भूपी काब्य पुरस्कार उषालाई

भूपी काब्य पुरस्कार उषालाई

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १८:४८, पाेखरा

यस वर्षको भूपी काब्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । 

कवि भूपी शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित तथा  सेवा समिति पोखराद्धारा प्रदान गर्ने यसवर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिने निर्णय भएको हो।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यसवर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए।

पुस १० गते ८९ औँ भूपी जयन्तीको अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई  उक्त पुरस्कार प्रदान गरिने उनले बताए।

नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ५० हजार दोसल्ला र सम्मानपत्र रहेको छ। पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेका छन्।

हरेक दुई दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन्। 

पुरस्कृत हुने उषाको नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .