ad ad

कारोबार


माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथग्रहण

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथग्रहण

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १६:२३, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

उक्त शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

माछापुच्छे बैंकको यही मंसिर १२ सोमबार बसेको ४७२औँ सञ्चालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो। 

राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .