ad ad

कारोबार


कर्मचारीलाई सहरी विकासमन्त्रीको प्रश्न : काममा ढिलाइ गर्दा कमिसन बढ्छ?

कर्मचारीलाई सहरी विकासमन्त्रीको प्रश्न : काममा ढिलाइ गर्दा कमिसन बढ्छ?

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १२:१४, काठमाडौँ

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।

मन्त्रालय सम्हालेलगत्तै खासगरी उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका सहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमन सुरु गरेका छन् । 

शनिबार भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षणलगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन्। 

‘काममा किन ढिलाइ भइरहेको छ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ? ढिलाइ गर्दा कमिसन बढ्छ?’, उनले भने। 

मन्त्रीको प्रश्नमा कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए। 

‘कोभिड त सकिएन र?’, लगत्तै मन्त्रीले प्रश्न गरेका थिए। स्थानीयले दुःख दिँदा काम गर्न नसकिएको कर्मचारीले बताएका थिए। 

त्यसलगत्तै सहरी विकासमन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षण गरे। त्यहाँ पनि सोचेअनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बनेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .