कारोबार


'प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०'को आवेदन खुल्याे

'प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२०'को आवेदन खुल्याे

नेपालखबर
पुस ७, २०७६ सोमबार ९:२,

डाबर नेपालकाे एक लोकप्रिय ब्रान्ड प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीईई)सँग समझौता गर्दै प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० प्रतियोगिताको शीर्ष प्रायोजन गर्ने भएकाे छ।

प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर (जीईई)सँगै २३ डिसेम्बर २०१९ मा जावलाखेलको रेन रेष्टुरेन्टमा आयोजना गरिएको एक समारोहबीच प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०२० को आवेदन खुला गरिएकाे जनाएकाे छ।

सँगसँगै प्रोस्टाइल लगातार सातौं वर्ष यस प्रतियोगिताको प्रमख प्रायोजक हुने भएको छ। उक्त कार्यक्रममा मिडियाकर्मी, पूर्व म्यानहन्ट विजेताहरु तथा अन्य प्रमुख व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सोही प्रतियोगितामा भाग लिनका लागि प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपालको फेसबुक पेजमा लग-इन गरी फर्म डाउनलोड गर्न सकिने कम्पनीले बताएकाे छ। त्यस्तै प्रतियोगितामा भाग लिन नेपाली पुरुष १८ देखि ३४ वर्षको हुनुपर्ने, कम्तीमा उचाइ ५ फिट ८ इन्च भइ प्लस टु तह उत्तीर्ण भएको हुनपर्नेछ।

manhunt dabar 2

प्रतियोगिताको ग्रान्ड फिनाले मार्च २०२० मा काठमाडाैंमा हुनेछ भने विजेताले नेपाललाई म्यानहन्ट इन्टरनेशनल २०२० मा प्रतिनिधित्व गर्नेछ। दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश: मिस्टर इन्टरनेशनल र मिस्टर ग्लोबलमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

डाबर नेपालका सेल्स एवं मार्केटिंग प्रमुख उपेन्द्र प्रधानले भने, “डाबर नेपालले जीईईसँग साझेदारी गरी धेरै वर्षदेखि सफलतापूर्वक यस प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। सुरुवाती चरणदेखि आजसम्मको यो यात्रा निकै रमणीय रहेको छ। त्यस्तै प्रोस्टाइल डाबर नेपालको पुरुष लक्षित एउटा यस्तो ब्रान्डहो जुसले स्टाइलिस, कुल र कन्फिडेन्ट बन्न मद्दत गर्छ। म विश्वस्त छ यस वर्षको प्रतियोगिता र प्रतियोगीहरुले पनि ब्रान्डको मूलमन्त्रलाई समातेर अघि बढ्नेछन्।”

साथै सोही समारोहमा प्रोस्टाइल म्यान हन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता बिवेश श्रेष्ठलाई फेब्रुअरी २०२० मा फिलिपिन्समा हन गइरहेको म्यान हन्ट इन्टरनेशनल २०२० का लागि विदाई गरिएको थियो। गत वर्षको प्रतियोगितामा दोस्रो तथा तेस्रो भएका प्रशान्त जंग शाह र आर्यन सिटौलाले क्रमश: मिस्टर इन्टरनेशनल २०१९, फिलिपिन्स तथा मिस्टर ग्लोबल २०१९, थाईलैंडमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन्। प्रोस्टाइल एउटा अद्वितीय उत्पादन हो ।

नेपालमै पहिलो पटक पुरुषका विशेष गरिएको हेयर आयल हो। प्रोस्टाइलसँग अब प्रोस्टाइल डेन्ड्रफ कन्ट्रोल हेयर आयल र प्रोस्ट्राइल हेयर क्रीम ब्रान्ड बजारमा विभिन्न प्याकहरूमा सर्वत्र ताजा सुगन्ध रहेको छ। जसले तपाईलाई स्टाइलिस, कुल र कन्फिडेन्ट प्याकमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad